April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

माओवादीद्वारा सिद्धार्थनगरका सात वटा वडामा उम्मेदवार चयन

भैरहवा– नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले वडाध्यक्षका उम्मेदवार छनोट गरेको छ । नगरमा रहेका १३ मध्ये ७ वटा वडामा वडाध्यक्षका उम्मेदवार छनोट गरिएको माओवादीले जनाएको छ ।

Advertisement

नगर कमिटीका प्रवक्ता लोकेन्द्र धामीले वडा कमिटीहरूको बैठकले नगरका १३ वटा वडा मध्ये ७ वटा वडाध्यक्षका उम्मेदवार निर्विरोध चयन गरिएको जनाए । ‘वडा कमिटीले नाम सर्वसम्मत गरेकाले वडाबाट सिफारिस नामलाई घोषणा गरिएको छ’, उनले भने ।

Advertisement

उनका अनुसार वडा नम्बर १ मा सुनिल यादव, २ मा दीपक थापा (सेतु) ३ मा केशव कुँवर, ६ मा ईस्तियाक अहमद, ८ मा ध्रुव लामगादे, ९ मा पुरणप्रसाद भण्डारी र वडा नम्बर १३ मा यादवराज खरेल वडाध्यक्षको उम्मेदवार छनोट भएका छन् । प्रवक्ता धामीले अन्य वडा र नगर प्रमुख, उपप्रमुखको उम्मेदवारी टुङ्ग्याउन छलफल चलिरहेको छ ।

आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारका कार्यक्रमलाई तीव्रता दिएका छन् । वडाध्यक्षको उम्मेदवार टुंग्याउने माओवादी केन्द्र सिद्धार्थनगर जिल्लामै पहिलो हो ।