April 18, 2025, Friday
२०८२ बैशाख ५

निर्वाचन आयोग : ७९ राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले मंगलबार स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे छलफल हुने जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ।

Advertisement

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ।

तर, आचारसंहिता भने लागू भइसकेको छैन। उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ। यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

यद्यपि सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।