May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै 

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Advertisement

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारतको वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए । 

प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।