April 18, 2025, Friday
२०८२ बैशाख ५

सियारीमा स्वास्थ्य शिविर

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणको पहलमा रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहिया स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सुुरु भएको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुुन नपरोस् भन्ने हेतुुले शिविरको आयोजना गरिएको हो ।

दुुईदिने शिविरको शनिवार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए । शनिवार र आइतबार चल्ने शिविरमा सशस्त्र प्रहरी अस्पताल, काठमाडौ र सियारी गाउँपालिकाको सहयोगमा हुन लागेको हो ।

शिविरमा सशस्त्र प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले नागरिकहरूको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण गर्ने गरिने कार्यक्रम समेत रहेको गृहमन्त्री खाँणका स्वकीय सचिव बृजेश न्यौपानेले जानकारी दिए । शिविरमा शनिवार बिहानैदेखि आफ्ने स्वास्थ्य परीक्षण गराउन स्थानीयको भिड लागेको छ ।