March 22, 2025, Saturday
२०८१ चैत्र १०

एकदिवसीय सिरिजः पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपाल पपुवा न्युगिनी (पीएनजी) बीच एकदिवसीय सिरिज सुरु भएको छ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन्।

Advertisement

सिरिजमा नेपाली राष्ट्रिय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिइएको छ। खेलको लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने छनोटमा परेका छैनन्।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, मोहम्मद आरिफ शेख, भीम सार्की र अनिलकुमार शाह रहेका छन्।