स्थानीय तहमा चुनावी तालमेल गर्न एमालेमा विकल्प खुला
नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवाश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ।
काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवश्यक परेको खण्डमा तालमेल गर्न सकिने विकल्पका बारेमा छलफल सुरु गराएका छन्।
शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मूलत: एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्नमा जोड गरे पनि तालमेललाई भने नकारेका छैनन्।
‘स्थानीय वास्तविकता र आवाश्यकताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने’ विकल्प खुला राख्दै ओलीले सो तालमेलका बारेमा प्रदेश कमिटीलाई जानकारीमात्र होइन, सहमति पनि लिनुपर्ने निर्देशन दिएका छन्।
प्रतिकृया दिनुहोस्