March 18, 2025, Tuesday
२०८१ चैत्र ५

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका  छुट्टाछुट्टै  दुर्घटनामा ४ जनाको मृत्यु  भएको छ । रुपन्देही, दाङ र बर्दियामा  भएका  दुर्घटनामा परी ४ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक कुलोमा मृत्त अवस्थामा फेला परेका हुन् ।

दाङका लमही नगरपालिका-३ निवासी ३१ वर्षिय किसन चौधरी रहेको  मोटरसाईकल दुर्घटनमा मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका १ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका थिए ।

Advertisement

प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ निवासी २८ बर्षिय विरेन्द्र यादवको बुटवलमा उपचार भैरहेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ । दाङ जिल्ला कै  शान्तिनगर गाउँपालिका–६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका–७ बस्ने ६५ वर्षीया गंगी कुँवर मृत अवस्थामा फेला परेकी छन् । मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएकोले प्रहरीले सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–४ लखनपाडास्थित सैनामैना मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका–७ घर भएका ६७ वर्षीय राम आज्ञा केवट सोही फर्मको मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, गुलरिया नगरपालिका–४ स्थित बबई नदीमा डुबेर सोही ठाउँ बस्ने धनिराम यादवको छोरा १० वर्षीय रिदम यादवको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको भएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।