March 22, 2025, Saturday
२०८१ चैत्र १०

दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मुत्यु

दाङ– मोटरसाइकल दुर्घटनामा हुँदा दाङमा एक जनाको मुत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले बताए । मंगलबार राती भालुबाङबाट लमहीतर्फ आउने क्रममा लमही–१ स्थित नर्ती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।

त्यस्तै मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका–८ का २८ वर्षीय विरेन्द्र यादव घाईते भएका छन् । उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।