कपिलवस्तुमा रोलरले च्यापेर एकको मृत्यु


कपिलवस्तु– रोलरले च्यापेर कपिलवस्तुमा मंगलबार एकजनाको मृत्यु भएको छ । महाराजगंज नगरपालिका–२, स्थित गैडहवा नजिक विहान बाटो कालोपत्रे गर्ने क्रममा रोलरले च्याप्दा कपिलवस्तु–४ पण्डितडिहवाका बसन्तकुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
बा२क ४३३९ नं को रोलरले नयाँ बनाइएको कालोपत्रे सडक दबाउने क्रममा उनलाई पछाडीबाट च्यापेको थियो । सिकिस्त बनेका उनको उपचारका क्रममा कपिलवस्तु जिल्ला अस्पतालमा मृत्यु भएको थियो । मृतक यादब ठेकेदारका तर्फबाट साईड सुपरभाईजरका रुपमा काम गर्थे ।
तौलिहवा–बहादुरगंज हुलाकी सडक अन्तर्गत बाटो निर्माण भइरहेको थियो । रोलर चलाउने चालक महोत्तरी बर्दिबास नगरपालिकाका सुजन पाँचेमगरलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँग रोलर चलाउने सवारी अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्