आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने ४ रोग


आँखाको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। यदि समयमा नै ध्यान दिइएन भने आँखामा विभिन्न रोग तथा समस्या देखिनसक्छ। ती समस्या तथा रोगको समयमा नै उपचार तथा रोकथाम गरिएन भने दृष्टि गुम्ने खतरा रहन्छ। आँखामा लाग्न सक्ने धेरै समस्या छन्। तीमध्ये प्रमुख ४ रोग तथा समस्या यी हुन्।
- मोतिविन्दु तथा जलविन्दु।
- आँखाको नानीमा घाउ।
- आँखा पाक्ने समस्या।
- आँखामा चोटपटक।
यी समस्याहरुको समयमा उपचार गरिएन भने आँखाको दृष्टि समेत गुम्न सक्छ। त्यसैले आँखालाई स्वास्थ्य राख्न यी उपायहरु अपनाउनु पर्छ।
- आँखा हाम्रो संबेदनशिल अंग हो। त्यसैले आँखाको सुुरक्षामा विशेष ध्यान दिनुपर्छ।
- आँखाको नियमित जाँच गराउनु पर्छ।
- कुनैपनि कार्य गर्दा आँखामा धुलो, फोहोर वा किरा पर्न दिनु हुदैन। आँखालाई बचाएर काम गर्नुपर्छ।
- बालबालिकालाई धारिला र तिखो खेलौना तथा हातहतियार खेल्न, चलाउन दिनु हुदैन ।
- आँखा चिलाएमा मिच्ने बानी हुनसक्छ। तर आँखा मिच्ने बानीले आँखामा फुलो पर्न सक्छ। त्यसैले आँखा मिच्ने गर्नुहुदैन।
- आँखामा संक्रमण देखिएमा घलेलु औषधी वा जडिबुटी आँखामा हाल्नु हुदैन। तुरुन्त आँखा केन्द्र वा आँखा अस्पतालमा उपचार गराउन जानुपर्छ।
प्रतिकृया दिनुहोस्