May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

अर्घाखाँचीमा स्थानीय चुनावका लागि ८ दल दर्ता

अर्घाखाँची- अर्घाखाँचीमा राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ८ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि अर्यालले बताए ।

नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् । विवेकशील साझा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीले दल दर्ता गरेका हुन् ।

यस्तै, नेकपा माले, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

Advertisement