March 18, 2025, Tuesday
२०८१ चैत्र ५

डिष्ट्रिक कन्फ्रेन्स तयारीबारे छलफल

बुटवल- रोटरी क्लब अफ बुटवलको १४०६ औं नियमित बैठक क्लव सचिवालय बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।

बैठकमा यही चैत १८, १९ र २० गते हुने डिष्ट्रिक कन्फ्रेन्सको तयारीका बारेमा छलफल भएको थियो । कन्फ्रेन्सको हालसम्मको तयारीबारे क्लवका सचिव खिमनारायण पराजुलीले जानकारी गराएका थिए ।

Advertisement

बैठकमा अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले अहिलेसम्म करिव २० जनाले कन्फ्रेन्समा जानका लागि रजिष्ट्रेशन गराइसकेको र २५ देखि ३० जनासम्म सहभागी हुनेगरी तयारी भैरहेको जानकारी गराएका थिए । बैठकमा रोटरीयनहरु आमोद सिमाङ्गैडा, कृष्णप्रसाद अर्याल, हरिप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा ताराप्रसाद भट्टराई, झविन्द्रप्रसाद कंडेललगायतले डिष्ट्रिक कन्फ्रेन्सका लागि गर्नुपर्ने तयारीका कामबारे आ–आफ्नो सुझाव दिएका थिए ।