June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

गठबन्धन कायमै रहन्छ : गृहमन्त्री खाँण

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मुलुक अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न चाहेको बताएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका खाँणले भने, ‘सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध छ ।’

बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ (२) रुपन्देहीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले गठबन्धन टिक्ने र यही सरकारले शान्तिपूर्वक सबैलाई सहभागी बनाएर निर्वाचन गराउने जनाए ।

Advertisement

अमेरिकी सरकारले दिएको ६० अर्ब अनुदान जनताको पक्षमा रहेको खाँणले बताए । उनले भने,‘ एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घर–घरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारेका हौं ।’

मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्याउने उनले बताए ।