पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु

- पब्लिक कुरा
- २०७८ चैत्र २
- 1.4K Shares

पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो ।
टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन् । उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभौयाले बताए ।
- भैरहवा सेजप्रति उद्योगी-व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड
- तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त
- सशस्त्रद्वारा गाडीसहित ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
- बजाज ग्राण्ड एक्सचेन्ज मेलाः पूराना ल्याउनुस्, नयाँ बाइक चढ्नुस्
- सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा
- कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार
- ‘विकासमा राजनीति नगरौं’
- रविलाई लक्षित गरेर रास्वपाको महाधिवेशन मिति फेरबदल
- नयाँ वर्षमा म्यानमारद्वारा ४ हजार ९ सय बढी कैदीलाई आममाफी
- लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति
-
पाँच बुँदे माग राखेर तातोपानी-बेलहिया ४ सय किमी पदयात्रा
२०८१ चैत्र २९
प्रतिकृया दिनुहोस्