March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजुको हत्या !

भैरहवा- कपिलवस्तुमा केही महिनाअघि मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको रहस्य खुलेको छ । प्रहरी अनुसन्धानबाट यस्तो रहस्य बाहिर आएको हो ।

Advertisement

प्रहरीले  झण्डै ३ महिना पछि घटना बाहिर ल्याएको हो । प्रहरीले अनुसन्धान गरेसँगै देवर नाता पर्नेले हत्या गरेको पत्ता लागेको हो । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । तर अनुसन्धानका क्रममा उनको हत्या पुस्टि भएको छ ।

Advertisement

प्रहरीले हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने  ४० वर्षीय शम्भु लोनियालाई पक्राउ गरेको छ ।  हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको हो ।

‘अभियुक्तसँग प्रहरीले सोधपुछ गर्दा  निजले गत मङ्सिर १० गते आफूले मादक पदार्थ सेवन गरेको विषयमा पत्नी मनिकला लोनियासँग विवाद भएपछि निज माइती गएकाले आफूले त्यस दिन राति करिब  ९ बजेतिर मृतक यशोदा लोनियाको घरमा गएको,  मृतकसँग सहमतिमै एक पटक शारीरिक सम्पर्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न लाग्दा भाउजूले इन्कार गरेपछि हत्या गरेको बयान दिएका छन्’, कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले भने ।

उनलाई  जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । आरोपी ती लोनियालाई फागुन  ५ गते  प्रहरीले पक्राउ गरेको हो ।