May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रानीमहलमा ‘संग्रहालय’

पाल्पा– ‘हिल स्टेसन’का रुपमा प्रख्यात पाल्पाको रानीमहलमा संग्रहालय निर्माण गरिएको छ । रानीमहल पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो ।

Advertisement

यहाँ तानसेन नगरपालिकाले पर्यटक आकर्षित गर्न ४० लाख रुपैयाँ लगानी गरेर संग्रहालय निर्माण गरेको जानकारी दिएको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट रानीमहल अवलोकन गर्न जानेको संख्या बढेको छ । संग्रहालयले त्यस्ता पर्यटकलाई महलबारे जानकारी मिल्ने र आकर्षण बढ्ने नगरपालिकाले जनाएको छ ।

Advertisement

तानसेन नगर प्रमुख अशोककुमार शाहीले ऐतिहासिक रानीमहलमा आकर्षण थप्न संग्रहालय निर्माण गरिएको जनाए । यो महल पुरातत्व विभाग अन्तर्गत छ । यसको संरक्षण विभागले तीन वर्षअघि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । अहिले नगरपालिकाले यसको संरक्षण प्रभावकारी तुल्याउन सार्वजनिक निजी साझेदारी अवधारण अनुसार निजी क्षेत्रलाई दिने तयारी गरेको छ ।

नगरपालिकाले गुरुयोजना अनुसार महल क्षेत्रको विकास गर्न १० करोड रुपैयाँ लाग्ने जनाएको छ । खड्गशमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा १९५० सालमा रानीमहल निर्माण सुरु गरेका थिए । यसको बि.सं १९५० मा शिलान्यास गरिएको थियो । त्यसको चार वर्षपछि दरबार निर्माण भएको थियो ।