April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ– दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र लमहीबाट मध्यनगर तर्फ जाँदै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।

घाईते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागी बुटवल लगिदै थियो । उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement