January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

विद्यार्थीलाई दुर्घटना र लागूऔषधबिरुद्ध सचेतना

बुटवल– विद्यालयस्तरमा अध्ययरत युवालाई लक्षित गरि रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ रामापिथेकस, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल सिर्नजीको सहयोगमा बुटवलमा एक दिने सबारी दुर्घटना न्यूनीकरण तथा लागूऔषधबिरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।

Advertisement

कार्यक्रमको क्लबका सस्थापक सदस्य ऋषि भन्डारीले उद्घाटन गर्दै देशका कर्णधार युवा वर्गलाई सहि दिने निर्देश आजको आवश्यकता भएको बताए । युवाहरुलाई विषयगत ज्ञान दिएर रचनात्मक काममा लगाउनुपर्ने उनले बताए ।

एभरेष्ट माविको कक्षा ११ मा अध्ययरत २ सय बढि विद्यार्थीहरुलाई लागु औषध के हो ? यसबाट कसरी बच्ने तथा सवारी दुर्घटनाको अवस्था र न्युनिकरण बारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपाल र प्रहरी निरिक्षक गणेश ज्ञवालीले सहजिकरण गरेका थिए । लागूऔषध असर, यसले ब्यक्ति र समाजलाई पार्ने प्रभाव साथै सवारी दुर्घटना, ट्राफिक नियमहरुको पालना बारेमा समेत विस्तृत प्रस्तुति गरिएको थियो ।

देशमै सर्वाधिक दुर्घटना २ पाग्रे सवारीबाट हुने गरेको प्रहरी निरिक्षक मधु नेपालले बताए । यसैगरि घाईते र मृत्युको दर हेर्दापनि कुल दुर्घटनाको ७० प्रतिशत दुई पाग्रे सवारीले ओगट्ने उनको दाबी छ । प्रवेशिका पास गरेर कक्षा ११ मा भर्ना भएसंगै उनिहरुको संगत नया साथीभाईसंग हुन्छ भने उनिहरु अभिभावकसंग दुईपाग्रे सवारीको माग हुन्छ । ‘लहलहमा लागेर उनिहरु समस्यामा परेको पत्तो नै पाउँदैनन’, उनले भने ।

क्लबका अध्यक्ष जबिन कक्षपतीले समयमा नै युवा वर्गलाई सचेत गराउन सके समस्यामा फस्नबाट बचाउन सकिने भन्दै क्लबबाट कार्यक्रम गरिएको बताए । युवा वर्गलाई नेतृत्व विकास, खेल र सामाजिक बनाउने तर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

विद्यालयका उपप्राचार्य भिमसेन गौतम, क्लबका पूर्वअध्यक्ष रबि पोख्रेल, पिताम्बर ज्ञवाली, बोड सदस्यहरु बिमल श्रेष्ठ, डिबि रायमाझी, रोट्याक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष बिजय कार्की, कार्यक्रम संयोजक तुल्सी घिमिरेले साना साना सचेतनाबाट ठुलो दुर्घटना रोक्न सकिने भन्दै क्लबको अगुवाईमा यस्ता कार्यक्रमलाई विशेष ध्यान दिएर अघि बढाउने गरेको बताए ।