January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

कांग्रेस अधिवेशन : पौडेल पक्षद्वारा लुम्बिनीमा पुनको नेतृत्वमा प्यानल घोषणा

भैरहवा– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशको दोस्रो दिन शुक्रबार निर्वाचन पक्रिया सुरु भएको छ । निर्वाचनमा उम्मेदवारी दर्ता पूर्व नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षरधरले पत्रकार सम्मेलन आयोजना गरेर मध्यान्ह आफ्नो प्यानल घोषणा गरेका छन् ।

Advertisement

उक्त समूहले रोल्पाका पूर्व पार्टी सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेको हो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दीपक गिरी र प्रतिनिधिसभा सांसद संजय गौतम लगायतले प्यानल घोषणा गरेका थिए । सांसद गौतमका अनुसार पुनको नेतृत्वमा प्रदेशका पाका र अनुभवी नेता सहभागी गराएर प्यालन टुंगो लगाइएको छ ।

उक्त पक्षले उपसभापतीमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, तथा सहमहान्त्रीमा प्युठानका नीमा गीरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेय छन् ।

विहिवारबाट सुरु अधिवेशले प्रतिनिधि मार्फत् प्रदेश स्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ५ सय ८५ प्रतिनिधि भैरहवामा जुटेका छन् । विहीवार उद्घाटन, शुक्रवार मनोनय र शनिवार निर्वाचन गर्ने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

सभापतिका उम्मेदवार पुनले काँग्रेको प्रदेशमा संगठन सुदृढ बनाउन र आगामी तीन तहका निर्वाचनमा सबै ठाउँमा जिताउन आफू नेतृत्वको प्यानलाई विजयी बनाउन आग्रह गरे ।