April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

दाङमा एकजनाकाे शव फेला

दाङ – दाङको लमही नगरपालिका– ५ स्थित राजमार्गको उत्तर किनारमा एक पुरुष मृत फेला परेको छन्। एक ग्यारेजको पेटीमा ती पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले बताए ।

मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन। अन्दाजी ३७ वर्ष उमेरका ती पुरुषको नाम, ठेगाना खुलेको छैन।

‘मृत्युको कारण पनि खुलेको छैन’, मल्लले भने, ‘शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ।’

Advertisement