April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्यूठान घटनाका घाइतेलाइ भेटे गृहमन्त्री खाँणले

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन अन्तर्गत मतगणनाको क्रममा प्यूठानमा भएको घटनाका घाइतेहरुलाइ भेटी स्वास्थ्य लाभको कामना गरेका छन् ।

Advertisement

मतगणनाको क्रममा बिबाद हुँदा मसिर ६ गते राती दुई समूहबीच झडपको स्थिती सिर्जना भएको थियो । झडपका क्रममामा काङ्ग्रेस कार्यकर्तासहित प्रहरी घाइते भएका थिए । घाइतेहरुलाइ शुक्रबार भैरहवास्थित मेडिकल कलेजमा भेट गरि गृहमन्त्री खाँणले घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन अस्पताल प्रशासनलाइ निर्देशन पनि दिए ।

Advertisement

साथै घाइतेहरुलाइ सरकारले उचित क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन समेत उनले दिए । सो क्रममा उनले विभिन्न घटनामा परि घाइते भइ उपचाररत अन्य बिरामीहरुलाइ समेत भेट गरेका थिए ।

घटनामा घाइते भएका काङ्ग्रेस कार्यकर्ता बिजय रिजाल र प्रहरी जवान चन्द्रबहादुर गाहा मगरको हाल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।