March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निजामती कर्मचारी संगठन तिलोत्तमामा नयाँ नेतृत्व

तिलोत्तमा– नेपाल निजामती कर्मचारी संगठन तिलोत्तमा नगरपालिका इकाई समितिमा सिता घिमिरे भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।

Advertisement

जसको उपाध्यक्षमा ईश्वरी पाण्डे, सचिबमा इन्जिनयर प्रदिप वन, सह सचिवमा तोयश्वर चौधरी, कोषाध्यक्षमा रामप्रसाद खनाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा अनिता ज्ञवाली शर्मा, पारेश्वर आचार्य, शिव पाण्डे, कृष्ण खाती, तारा आचार्य, शान्ता भट्टराई, विद्या पन्थी, विदुर ज्ञवाली, मिना अर्याल र विष्णु थापा निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका स–सचिव प्रेमप्रसाद खनालले जानकारी दिए । सम्पुर्ण निर्बाचितहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

Advertisement

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बासुदेव घिमिरेले सवल र समुन्नत तिलोत्तमा नगर बनाउन कर्मचारीहरुले खेलेको भूमिकाको प्रंशसा गर्दै आगामी दिनमा यो संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउँदै कर्मचारीको हक र हितको लागि काम कानून संवत तरिकाले सामुहिक सौदावाजी गर्न उल्लेख्य भुमिका खेलोस भन्दै निर्वाचित पदाधिकारी सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिए ।

संगठनका पुर्व केन्द्रीय अध्यक्ष गणेश वस्यालले शुभकामना मन्तव्य राख्दै संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गर्दै यो संगठन सवै सेवा समुह र सवै तहका कर्मचारीहरु माउँ संगठनका रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भुमिका निर्वाह गर्न सक्ने संगठन निर्माण होस् भन्दै शुभकामना दिए ।

आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य मेघदेव पन्तले कर्मचारीको क्षमता विकासको लागि संरचनात्मक हिसावले ईकाई समिति भए पनि तिलोत्तमाको स्थानीय सरकारसँग सामूूहिक सौदावाजी गर्ने केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताएका थिए भने नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले कर्मचारीको हक हितको लागि यो संगठनले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य यज्ञ गैरेले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्न यो संगठन उल्लेख्य भुमिका खेलोस भन्दै शुभकामना व्यक्त गरे भने सदस्यहरुको वृद्धि र बिकास तथा संगठनको हितका लागि संगठनले काम गर्ने संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीले बताए ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल र नव निर्वाचित ईकाइ अध्यक्ष सिता घिमिरे भण्डारी, संगठन रुपन्देहीका सचिव प्रेम प्रसाद खनाल, संगठन रुपन्देहीका सचिव कमल पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा सिविए रुपन्देही अध्यक्ष हरि खनाल लगायतले कार्यकम सफलताको शुभकामना दिनुभएको थियो ।