July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवनमा सडक बन्द

नवलपरासी– एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन्।

Advertisement

एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ।

Advertisement

चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) मा बसेको अन्तरजिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो।

त्यस्तै, चितवन जिल्ला प्रशासन कार्यालयले पनि नारायण क्षेत्रमा शुक्रबार सवारी आवतजावतमा रोक लगाएको छ।

यद्यपि एमाले सचिव योगेश भट्टराईले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनका क्रममा सवारी साधनमा रोक नलगाइएको दाबी गरेका छन्।