December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

थप ३०८ जनामा कोरोना, २९८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ।