December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

रुपन्देहीमा फेरि कुटिए देउवा पक्षबाट पौडेल समूहका कार्यकर्ता

बुटवल- रुपन्देहीमा फेरि नेपाली कांग्रेसबाटै कांग्रेस कार्यकर्ता कुटिएका छन् । कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको जिल्लामा फेरि कांग्रेस कार्यकर्ता कुटिएका छन् ।

Advertisement

कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको छन् । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेकोबेला बुटवलमा कांग्रेस कार्यकर्ताले नै कांग्रेसकै कार्यकर्ता कुटेका हुन् ।

पौडेल समूहको अधिकांश टोली विजय हुने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण निकटका कार्यकर्ताहरुले पौडेल समूहका कार्यकर्तामाथि कुटपिट गरेको पौडेल समूहले आरोप लगाएका छन् ।देउबा समूहको आक्रमणबाट कांग्रेसका स्थानीय नेता दीर्घवहादुर केसी घाइते भएका छन् ।

केसीको मुखमा गम्भीर चोट लागेको बताइएको छ। मतगणनास्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार केसी ‘कुमार’ घाइते भएका हुन् ।

केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए ।