December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

राप्रपा रूपन्देही तीनमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रुपन्देही क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो ।

Advertisement

पार्टी जिल्ला कमटिीले जनाएअनुसार क्षेत्र नम्बर ३ (क) बाट वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, लक्ष्मी मल्ल, संगिता गुरुङ, मेनुका गौतम, गुमानसिंह सोनी, कैलाश गुरुङ, अजयकुमार गुप्ता, राजेश ढकाल र बसन्तविक्रम शाही सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

क्षेत्र नम्बर ३ (ख) बाट दिनानाथ अहिर (यादव), मानबहादुर रसाइली (विक), शंकरबहादुर कार्की, मीना थारु, लिलाकुमारी थारु, माया रोका, हेमन्त चौधरी, अमरबहादुर थापा, शिवप्रसाद चौधरी, बेगबहादुर घिमिरे, प्रेमनारायण चौधरी, प्रेमबहादुर थापा कुंवर र पुष्पराज थारु सर्वसम्मत भएका छन् ।

पार्टीकाअनुसार जिल्लाका १६ वटै पालिकाका अध्यक्ष, १० वटा प्रदेशसभा र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अध्यक्ष महाधिवेशनको पदेन सदस्य रहने छन् । उक्त पार्टीको केन्द्रीय महाधिवेशन मंसिर १५–१७ गतेसम्म काठमाडौंमा हुँदैछ ।