March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ काे सभापतिमा मुसलमान

नेपाली काँग्रेस रुपन्देहीकाे क्षेत्र नं. ५ काे क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत नेतृत्व भएकाे छ ।

Advertisement

कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत साेमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध निर्वाचित भएका छन्।

Advertisement

अधिवेशनबाट सचिवमा अशाेककुमार गाेश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिराेध निर्वाचित भएकाे प्रमुख मतदान अधिकृत नुरजंग केसीले जानकारी दिए ।

त्यस्तैगरि रुपन्देहीकाे क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएकाे छ ।५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीका अरु ४ क्षेत्रमा भने मतदानकाे प्रक्रिया अगाडि बढेकाे छ ।