December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

परिवार दलको अध्यक्षमा पुनः ढकाल

नेपाल परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन्। पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।

Advertisement

जसअनुसार वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीद्वयमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा तथा पाँचजना सहमहामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह र अशोककुमार चौधरी निर्वाचित भएका छन्। कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगर रहेका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरुमा मोहनलाल चदरा, टीकाराज विश्वकर्मा, खडगसिंह नागरी, सन्तबहादुर परियार, धर्म रोकाया, नीला श्रेष्ठ, ममिता पुन, नसिमा खान, कल्पना बराल, रीता महत्तो, जानकी घिमिरे अर्याल, सावित्रीदेवी बम, विष्णुकुमारी विश्वकर्मा, अम्बिका पराजुली, कामना भुसाललगायत रहेका छन्।

महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतको राष्ट्रिय प्रस्तावहरु पारित गरेको छ।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषण गर्दै तराई मधेसका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने, संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षाअनुरूप संशोधन गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।