December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

स्वास्थ्यकर्मी संघमा पुनः ढकाल

तिलोत्तमा– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, रुपन्देहीको तेस्रो अधिवेशनबाट रामेश्वर ढकाल पुनः अध्यक्ष चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा विष्णुप्रसाद ढकाल, महिला उपाध्यक्षमा कुमारी हरि केसी, सचिवमा गणेश भण्डारी, सहसचिवमा अविनाश अधिकारी र कोषाध्यक्षमा युवराज दिशा मगर चयन भएका हुन् ।

सदस्यहरुमा शेषनाथ गुप्ता, विजयनाथ चौधरी, पुरुषोत्तम घिमिरे, हेमराज पन्थी, कुलबहादुर खत्री, लेखनाथ पाण्डे, गिताराम रिजाल, रेशमबहादुर सुनार, रामप्रसाद अर्याल, गितादेवी पाण्डे, गिता फुल्लेल पोख्रेल, लक्ष्मी पंगेनी, बालकृष्ण पौडेल, सिद्धार्थ आचार्य र भोजराज पोखरेल चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि ढकालले संघलाई अझ एकतावद्ध र संगठीत रुपमा अघि बढाइने र स्वास्थ्यकर्मीको हक हितको रक्षाका लागि बुलन्द आवाज उठाउने बताए । अधिवेशनको शनिबार पूर्व स्वास्थ्य एवं गृहमन्त्री तथा एमाले नेता खगराज अधिकारीले उद्घाटन गरेका थिए ।

Advertisement