December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

कोरोनाबाट बाँकेमा उपचाररत दुईको मृत्यु

बाँके– यहाँ दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा एकजना दाङकी महिला र एकजना बाँकेका पुरुष छन् ।

Advertisement

मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।