December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

पाल्पा र गुल्मीमा दुईजना मृत भेटिए

भैरहवा– पाल्पा र गुल्मीमा गरी दुईजना मृत भेटिएका छन् । पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो ।

Advertisement

उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव फेला परेको छ । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीय हुन् । प्रहरी निरीक्षक महेश्वर उपाध्यायकाअनुसार गएराती २ बजे ती वृद्ध मदिरा पिएर बाहिर निस्किएका थिए ।

उनको परिवारले खोजतलासका लागि निवेदन दिएलगत्तै प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए । मृतकका श्रीमती ३ छोरा र एक छोरी रहेका छन् ।