March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रुद्रदेवीले ५० हजार जनालाई स्वास्थ्यसम्बन्धी तालिम दिने

भैरहवा– रुपन्देहीको भैरहवामा रहेको रुद्रदेबी कला केन्द्रले ५० हजार बढी नागरिकलाई न्यूनतम शुल्कमा स्वास्थ्य सम्बन्धी तालिम दिने भएको छ । सिद्धार्थनगर–७ मा रहेको कला केन्द्रले स्थापनाको छैठौं वर्ष प्रवेशको अवसर पारेर स्वस्थ जीवन यापनका लागि तालिम दिन लागेको कलाकेन्द्रका प्रबन्ध निर्देशक सुनिलकुमार गुप्ताले बताए ।

Advertisement

कलाकेन्द्रले खानपान तथा रहनसहनका बारेमा टिप्स सिकाउने छ । यस्तै, ग्यारन्टीका साथ तौल कम गर्ने टिप्स, शरीरलाइ फिट राख्ने कार्य गराउने छ । कोलस्टोर रोकथामका उपाय, मोटिभेट, कन्फिडेन्स पावर बढाउने, स्ट्रोग घटाउने तरिकाहरु सिकाइने छ । यस्तै, इम्युनिटी पावर बढाउने, डिप्रेसन हटाउन तथा इन्जाइरी स्टेस, लाइफ परिवर्तन जस्ता विविध कुरामा नयाँ कायक्रमका साथ अघि बढेको गुप्ताले जनाए ।

Advertisement

यो कार्यक्रममा हरेक दिन १ घण्टा नेपालभरीका सबै उमेर समूहका व्यक्तिहरु सहभागी बन्न सक्नेछन् । क्याम्पमा सहभागीले एक सय रुपैयाँमै सबै सिक्न पाउने कलाकेन्द्रले जनाएको छ । ५ वर्षे कार्यक्रममा ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

विगत पाँच वर्ष अघि २०७३ साल मंसिर १ गते स्थापना भएको कलाकेन्द्रले अहिलेसम्म सयौं जनालाई नृत्य सिकाइसकेको छ । वार्षिक उत्सवको अवसर पारेर कलाकेन्द्रले मिलानो फुटवेयर द विगेष्ट डान्स विथ हेल्थ फिटनेस क्याम्प २०७८ लिएर आएका हो ।

वान वल्र्ड वान हेल्थ मेसेज टु ह्युमनिटीका साथ कार्यक्रम शुरु भएको गुप्ताले जनाए । यो कार्यक्रममा ५ महिनासम्म क्याम्प ट्रेनिङ संचालन हुनेछ । वार्षिक उत्सवको असवरमा डिप्लोमा नृत्य सिक्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले व्यक्तिको स्वास्थ्यलाई ख्याल गरी कलाकेन्द्रले ल्याएको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।