December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

रूपन्देहीका पाँचै निर्वाचन क्षेत्रबाट एमाले प्रतिनिधि छनौट

बुटवल– १०औं महाधिवेशनका लागि नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरुको टुङ्गो लगाएको छ । पार्टीले जनाएअनुसार जिल्लाको क्षेत्र नम्बर एकबाट जक यज्ञ गैरे, ध्रुव खरेल, कृष्ण न्यौपाने, ऋषिराम सापकोटा, विद्यालक्ष्मी गुरुङ र जागेश्वरीदेवी चौधरी प्रतिनिधिमा छनौट भएका छन् ।

Advertisement

क्षेत्र नम्बर दुईमा खुल्लातर्फ पार्टी जिल्ला अध्यक्ष एवं बुटवलका उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य प्रतिनिधि भएका छन् । महिलातर्फ गोमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी चयन भएका छन् ।

क्षेत्र नम्बर तीनबाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ प्रदेश कमिटी सदस्य बिश्वराज बराल, जिल्ला कमिटी सदस्य हितराज पन्थी, प्रदेश सांसद तुलसीप्रसाद चौधरी र बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी छनौट भएका छन् । यस्तै, महिलातर्फ ममता पौडेल र जिल्ला कमिटी सदस्य उमा अधिकारी चयन भएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर चाबाट बाबुलाल यादव, साधुशरण साहनी र कमला भण्डारी छनोट भएका छन् । क्षेत्र नम्बर ५ बाट रामचन्द्र यादव, जिवनाथ पाण्डे, शिव पौडेल, भूमिलाल सापकोटा र कल्पना हरिजन प्रतिनिधि छनौट भएका छन् ।

यस्तै, जिल्लाबाट दलित खुल्लातर्फ जोगलाल विश्वकर्मा र सुरेन्द्र श्री तथा दलित महिलातर्फ कमला बिक प्रतिनिधि भएका छन् । मजदुर फाँटबाट कमल गौतम, हुमाकान्त काफ्ले, हरि कार्की र रञ्जु भट्टराई छनौट भएका छन् । आगामी मंसिर १० गते चितवनमा हुने महाधिवेशनमा चयन भएका प्रतिनिधिले मतदान गर्न पाउने छन् ।