December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

प्यूठानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

प्यूठान– यहाँ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान प्यूठानको मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी –३ बुकेनी भीरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अनियन्त्रित भई जीप दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते प्यूठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि खलङ्गा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

Advertisement