December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

जीप दुर्घटना हुँदा रोल्पामा तीनजनाको मृत्यु

भैरहवा- जीप दुर्घटना हुँदा रोल्पामा तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement