December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

दाङबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

दाङ– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिनको लागि दाङ जिल्लाबाट २५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

Advertisement

नेकपा एमाले प्रतिनिधि छनोट कार्यदलले सर्वसम्मत रुपमा प्रतिनिधिको टुंगो लगाएको हो। क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, सहजराम यादव, कुलबहादुर केसी, राममणि पाण्डे, महिलातर्फ सरस्वती गौतम, गंगा थारु प्रतिनिधिको रुपमा चयन भएका छन्।

क्षेत्र नं. २ मा टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर खत्री, वलिभद्र राना, भेषराज खत्री, महिलामा हुमा डिसी, तुलसा केसी चयन भएका छन्।

क्षेत्र नं. ३ बाट हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, मनोहर बुढाथोकी, रामजी चौधरी, कृष्ण भुसाल, भुवनेश्वर पौडेल र महिलातर्फबाट कोमल वली, माया शर्मा, धमकली चौधरी चयन भएका हुन्।

दलित कोटाबाट जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक प्रतिनिधिमा सर्वसम्मत चयन भएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए। १३ हजार ५ सय ३४ संगठित सदस्य रहेको छ। संगठित सदस्यको आधारमा प्रतिनिधि चयन गरिएको हो।