March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एम्नेष्टि इन्टरनेशनलको सल्लाहकार मनोनयन

बुटवल– एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले सल्लाहकार मनोनयन गरेको छ । समूहको बुटवलमा बसेको कार्यसमिति बैठकले पूर्व संयोजक तथा पूर्व केन्द्रीय महासचिव करुण खनाल, पूर्व संयोजक बालकुमारी भण्डारी र पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम बञ्जाडेलाई सल्लाहकार मनोनयन गरेको हो ।

त्यसैगरी बैठकले समूहको साधारण सभा तथा परिषद् बैठक सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । एम्नेष्टि इन्टरनेशनल नेपाल समूह १२ बुटवलका संयोजक कबिन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न समूहको साधारण सभा तथा परिषद बैठकलाई सफल बनाउन भूमिका खेल्ने पूर्व संयोजकहरु, निवर्तमान संयोजक तथा कार्यसमिति, निर्वाचन अधिकृत र सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिएको समूहका सचिव बिमल बस्नेतले जानकारी दिए ।

बैठकले मानव अधिकारको क्षेत्रमा विश्वव्यापी सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था एम्नेष्टिको अभियानमा साथ सहयोग गर्नको लागि पनि सबैमा अपिल गरेको छ ।

Advertisement