December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको स्थायी कमिटीको आठौं बैठक आज दिउँसो २ बजे बस्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement

उनले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको बताए।

बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गर्ने प्रवक्ता खतिवडाले बताए। स्थायी कमिटीले निर्धारण गर्ने उक्त मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गरिने उनले जानकारी दिए।

उनका अनुसार बैठक काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुनेछ।