April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

Advertisement

महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

यस्तै, शुक्रबार दिउँसो र राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ।

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।