April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

ट्रकको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

भैरहवा– ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको सनाखत हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Advertisement