December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

लीड्स युनाइटेडको नर्विच सिटीमाथि सहज जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लीड्स युनाइटेड विजयी भएको छ ।

Advertisement

अवे मैदानमा भएको खेलमा लीड्सले नर्विच सिटीलाई २–१ ले पराजित गरेको हो ।

लीड्सका लागि राफिन्हाले ५६ औँ र रोड्रिगोले ६० औँ मिनेटमा गोल गरेका हुन् । यस्तै नर्विच सिटीका लागि ओमोबामिडेलेले ५८ औँ मिनेटमा गोल गरेका हुन् ।

आइतबार राति नै भएको अर्को खेलमा वेष्ट ह्यामले एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको छ ।