December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

समाजवादी सिद्धार्थनगर अध्यक्षमा बस्नेत

भैरहवा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् । भैरहवा भएको पार्टीको भेलाले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा सार्दुल मयूर कसौधन, सचिवमा समिर खाँन र सहसचिवमा गंगा भुसाललाई चयन गरिएको समाजवादी सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए ।

नगर कमिटीको सदस्यहरुमा कृष्ण कुँवर, शिव घिमिरे, विनोद क्षेत्री, जयप्रकाश तेली, रामनारायण पाण्डे, राजेश कसौधन, पप्पुकुमार हलुवाई, सन्देश रेग्मी, बैस मोहम्मद, दिनेश ठाकुर, मेलन थापा, अरुण जानन्धर, समिर शेख, प्रवीन शर्मा, पुष्पनकुमारी जिसी, सुरज क्षेत्री, इरफान अहम्मद, अमित परियार, नरेन्द्र केसी, विष्णु श्रेष्ठ, ऋषिराम पौडेल, अरविन्द कान्दु, नवल शाह, इजहार वारिस, दीपेन्द्र श्रेष्ठ र राधेश्वाम कलवार लगायत छन् ।

अध्यक्ष बस्नेतले पार्टी संगठनलाई मजबुत बनाउँदै लैजाने बताए । उनले अब छिट्टै नगरका १३ वटै वडा र टोल कमिटीहरु ग्ठन गरिने जानकारी दिए । पार्टीको नीति, सिद्धान्त लगेर जनतामाझ जाने उनको भनाई छ ।