March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निर्माण व्यवसायीको चियापान तथा शुभकामना आदान–प्रदान

भैरहवा– लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व एवं नेपाल सम्बतको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

Advertisement

संघद्वारा भैरहवामा आयोजित शुभकामना आदान–प्र्रदान कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट निर्माण व्यवसायीहरु सहभागी थिए । कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टोपबहादुर रायमाझीले चाडपर्वको अवसरमा आयोजना गरिने शुभकामना आदान–प्रदानले यसको महत्व बढ्ने बताउँदै धर्म, संस्कृति, रितिरिवाजलाई बिर्सन नहुने बताए ।

Advertisement

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले धर्म संस्कृतिको संरक्षण सँगै विकृतिको अन्त्य गर्दै चाडपर्व मनाउनु पर्ने बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष दामोदर शर्मा, संघका पूर्व अध्यक्ष छेदीलाल श्रीवास्तव, संघका सल्लाहाकर उज्ज्वल पोखरेल, मन्जु भुषाल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, मायादेवी च्यारिटेबल फाउन्डेसनका अध्यक्ष रबिकुमार रौनियारलगायतले बोल्दै चाडपर्वले नेपालीहरुलाई एकआपसमा गोलबन्ध गर्नुका साथै बन्धुत्व र भातृत्वको विकास गर्ने जनाए ।

संघ रुपन्देहीका अध्यक्ष विनय ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव प्रयास खड्काको संचालनमा सम्पन्न भएको थियो ।