April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रोटरी इन्फर्मेशनबारे छलफल

बुटवल– रोटरी क्लव अफ बुटवल बर्ष २०२१–२२ को १७ औं र क्लवको १३८७ औ नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन थियो ।

Advertisement

बैठकमा रोटरी इन्फर्मेशनबारे आफ्नो प्रस्तुती राख्दै क्लव एडमिन्स्ट्रेशन स्ट्यान्डिङ कमिटी चेअर रोम शर्माले रोटरी टिमवर्कमा काम गर्ने सामाजिक संस्था भएकाले रोटरीले गर्ने हरेक कामहरुमा सफलता प्राप्त हुँदै गएको बताए । टिमवर्कमा काम गरेमात्रै संस्था सफल हुन्छ भन्ने कुरालाई सबै रोटरीयनहरुले बुझ्न जरुरी रहेको पनि उनले बताए ।

Advertisement

उनले रोटरी इन्टरनेशनल कन्भेन्सनमा सहभागिताका लागि रोटरीयनहरुले ध्यान दिनुपर्ने कुराहरुबारे पनि जानकारी गराएका थिए । त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, गोपाल अधिकारीलगायतले आरआई कन्भेन्शनका विषयमा विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए ।

बैठकमा क्लवका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले ब्लड कलेक्शन भ्यान सञ्चालनका लागि भैरहेका कामबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष गोपाल बस्यालले पोलियो सम्बन्धी जनचेतना ¥यालीको आय व्यय विवरण प्रस्तुत गरेका थिए । त्यस्तै बैठकमा रोटरीयनहरु विष्णु काफ्ले, दिपकप्रसाद श्रेष्ठलगायतले पनि आफ्नो धारणा राखेका थिए ।