December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

एमाले सिद्धार्थनगर अध्यक्षमा थापा

भैरहवा– नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा चक्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले १ सय ६१ मत प्राप्त गरी विजयी भएका हसन् । उनका प्रतिद्वन्द्व थानेश्वर पौडेलले ५७ मत पाए ।

बुधबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा अर्जुन गिरीले १ सय ८७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत मात्रै ल्याइन् ।

सचिवमा नारायणप्रसाद भण्डारीले १ सय ८८ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोजकुमार रिजालले ३४ मत ल्याएका छन् । एमालेका अनुसार उपसचिवमा कुमार कुमार गुरुङ र माया कंडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदस्य सबै सर्वसम्मत निर्वाचित भएका थिए ।

Advertisement