April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

दाङका दशवटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

दाङ – नेकपा एमालेका दाङमा स्थानीय पालिकास्तरीय अधिवेशन सम्पन्न भएका छन् । दाङका दश स्थानीय तहमा सहमतिमा नेतृत्व चयन भएको छ । एमाले दाङले जनाएअनुसार मंगलबार भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन भएको हो ।

Advertisement

घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको एमालेले जनाएको छ । यहाँ उपाध्यक्षमा तारा पुरी, सचिवमा ईन्द्र बुढाथोकी, उपसचिवमा काँशीराम खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

Advertisement

तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधव वली, दंगीशरणमा रेशम वली, बबई गाउँपालिकामा जीतबहादुर वली सर्वसम्मत चयन भए । लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा रहेका छन् ।

शान्तिनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा थम्मनबहादुर कनौ मगर, सचिवमा टीकाराम रिजाल, उपसचिवमा शान्ति कँडेल र राकेश बुढाथोकी छन् ।

बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा पूर्णबहादुर सारु मगर चयन भएका छन् । महिला उपसचिव पछि छनोट गरिने बताइएको छ ।

राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४० सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा गोविन्द विक, सचिवमा मन्साराम यादव, उपसचिवमा पिममाली घर्ती र लोकबहादुर खड्का छन् । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली छन् ।

यस्तै, राप्ती गाउँपालिका संगठन कमिटीको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापति चौधरीे, सचिवमा भरतमणि न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसहमतिबाट चयन भएका छन् ।