April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आर्सनलको अपराजित यात्रा कायमै, लिग कपको क्वार्टरफाइनलमा

 लन्डन क्लब आर्सनलले अपराजित यात्रालाई कायम राख्नेक्रममा गएराति लिग कपमा लिड्स युनाइटेडमाथि २–० को विजय हासिल गरेको छ ।

Advertisement

घरेलु मैदान इमिरेट्स रंगशालामा चेल्सीले कालुम च्याम्बर्सको गोलबाट ५५औं मिनेटमा अग्रता लिएको थियो । उनले मैदान छिर्नेवित्तिकै गोल गरेका थिए । बेन ह्वाइट घाइते भएपछि मैदान छिरेका च्याम्बर्सले निकोलस पेपेको हेडमार्फत दिएको पासमा गोल गरेका थिए । रक्षक च्याम्बर्सले २०१९ पछि गोल गरेको यो पहिलो पटक हो ।

Advertisement

६९औं मिनेटमा एडी एनकेइटियाले आर्सनलको अग्रता दोब्बर बनाए । एनकेइटिया अघिल्लो सिजन लोनमा लिड्सबाट खेलका थिए । उनले लिड्सका रक्षकले गरेको फाइदा उठाउँदै गोल गरेका थिए । 

आर्सनल पछिल्लो आठ खेलमा अपराजित छ । त्यसमध्ये आर्सनलले ६ खेलमा विजयी नतिजा निकालेको छ । आर्सनल अगष्ट २८ मा म्यानचेस्टर सिटीसँग ५–० ले हारेपछि हारेको छैन । आर्सनल लिगको दशौं स्थानमा छ । 

लिग कपको अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउँदा तेस्रो डिभिजन लिगको क्लब सन्डरल्यान्डले क्विन्स पार्क रेन्जर्स (क्यूपीआर)लाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । दुई टोलीबीचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । 

लिग कपमा आज राति टोटनहमले बर्नली, लेस्टर सिटीले ब्राइटन, लिभरपुलले प्रेस्टन, स्टोक सिटीले ब्रेन्टफोर्ड र म्यानचेस्टर सिटीले वेष्ट ह्यामविरुद्ध खेल्नेछ ।