December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

थप ७७६ संक्रमित, १३ को ज्यान गुम्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ।

सोमबार ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार २ सय ८४ पीसीआर तथा २ हजार ५ सय ८० एन्टिजेन परीक्षण भएको छ।