December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बालगृहलाई सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुँदै

भैरहवा– सिद्धार्थ बाल गृहको भूमि तथा आवास व्यवस्थापन अभियान सञ्चालनका लागि राइजिङ्ग क्लब नेपाल सिद्धार्थनगरले भैरहवामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कात्तिक १३ गते होटल पौवामा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

Advertisement

कार्यक्रमबाट बचेको रकमबाट भाडामा सञ्चालित सिद्धार्थ बाल गृहका लागि भूमि तथा आवास व्यवस्थापन गर्ने क्लबको उद्देश्य रहेको क्लबका संस्थापक अध्यक्ष सागर न्यौपानेले बताए ।

कार्यक्रममा कमेडी च्याम्पियन सिजन–२ का विजेता भरतमणि पौडेल र गायिका स्वेच्छा ठकुरीसहित स्थानीय कलाकारको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक अंकित आचार्यले बताए । कार्यक्रममा टिकट वापत रु. १ हजार तोकिएको आचार्यले बताए ।

कार्यक्रमको प्रायोजन चैतन्य आर.एम.सी. प्रा.लि. ओमसतिया बसन्तपुर, रुपन्देही, भिनटेज क्याफे एण्ड रेष्टुरेण्ट सैनामैना, सुगम आवास निर्माण सेवा प्रा.लि. ले गरेका छन् । त्यस्तै कार्यक्रमको बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड र हस्पिटालिटी पार्टनर होटल पौवा र ट्राभलिङ पार्टनर लाइम लाइट ट्राभल्स एण्ड टुर्स प्रा.लि. रहेका न्यौपानेले जनाए ।

क्लबले यसअघि विपन्नलाई कपडा वितरण, वृक्षारोपण, बालगृहमा खाद्यान्न सामग्री वितरण, विद्यालयमा शैक्षिक सामग्री वितरण तथा वनभोज लगायतका कार्यक्रम गरिसकेको क्लबका सल्लाहकार सरोज ठकुरीले बताए । क्लबमा हाल ३७ जना सदस्य रहेको कोषाध्यक्ष आशिष पन्तले बताए ।