December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोली देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन हुँदैछ।

Advertisement

हरेक वर्ष  कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।

७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ। 

बालबालिकाहरुलाई भिटामिन ए र जुकाकाे औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ।